Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को उपाधि माया गुरुङ र युजिना राईलाई

मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को उपाधि माया गुरुङ र युजिना राईलाई

  • मंगलवार, आषाढ ११ २०८१

  • 912
    SHARES

  • मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को उपाधि माया गुरुङ र युजिना राईलाई

    काठमाडौं । मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को ताज माया गुरुङ र युजिना राईले पहिरिएकी छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा काठमाठौंको जमलस्थित राष्ट्रिय नागघरमा सोमबार सम्पन्न मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ग्राण्ड फिनालेमा माया र युजिनाले अन्य प्रतिस्पर्धीलाई उछिन्दै ताज पहिरिएकी हुन् ।

    प्रतियोगितामा युजिना राईले मिस इन्डिजिनियस २०२४ को विजेता हुँदै ताज पहिरिन सफल भएकी छन् । सोहि विधामा पमाया शेरपुजा फस्ट रनर अप, आरुषी थापा मगर सेकेन्ड रनर अप तथा आकृति गुरुङ थर्ड रनर अप चयन भएका छन् ।

    त्यस्तै माया गुरुङले मिसेस् इन्डिजिनियस २०२४ को विजेता हुँदै ताज पहिरिएकी हुन् । सोहि विधामा सोनिया चाम्लिङ राई फस्ट रनर अपतर्फ, सुजाता तामाङ सेकेन्ड रनर अपमा, सन्जु गुरुङ थर्ड रनर अप र मनिता तामाङ फोर्थ रनर अप भएका छन् ।

    विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङ, विशिष्ठ अतिथि झ्राक्री गुरु प्रकास भुजेल, प्रतियोगिताका निर्णायक एवम् कलाकार सरोज खनाल लगायतले अवार्डसहित ताज पहिराएका थिए ।

    त्यस्तै प्रतियोगितामा मिस तर्फ फेसबुक च्वाइसमा आरजु पुन मगर, अर्गनाइजर च्वाइसमा संचिता तामाङ, मोस्ट पपुलरमा सलोनी सुनुवार तथा भ्युअर च्वाइसमा आरजु पुन मगर उत्कृष्ट ठहरिएका छन्। मिसेसर्फ भने फेसबुक च्वाइसमा मनिता तामाङ, अर्गनाइजर च्वाइसमा ज्यासमिन गुरुङ, मोस्ट पपुलरतर्फ सोनिया चाम्लिङ राई तथा भ्युअर च्वाइसमा सुजाता तामाङलाई पुरस्कृत गरिएको छ।

    प्रतियोगितामा आरजु पुन मगर र सोनिया चाम्लिङ राई ट्यालेन्ट, पमाया शेरपुजा र सुजाता तामाङ फोटोजेनिक, सृजना सेन्चुरी र गंगा गुरुङले पर्सनालिटी, आकृति गुरुङ र सन्जु गुरुङले इन्टेलिजेन्ट,युजिना राई र सारा पुन मगरले कन्फिडेन्ट विधामा अवार्ड प्राप्त गर्नसफल भएका छन्। यसैगरी सन्चिता तामाङ र माया गुरुङ फ्रेन्डशीप, रिमा गुरुङ र कुमारी लामाले हेयर, प्रतिमा मगर र उर्वशी श्रेष्ठले स्कीन, आरुशी थापा मगर र मनिता तामाङले स्माइल, रन्जिता मगर र करिष्मा गुरुङले इनोसेन्ट, सलोनी सुनुवार र रुपा तामाङले एक्टिभ तथा रिया गुरुङ र बुद्धि माया तामाङले डिसिप्लीन विधामा अवार्ड प्राप्त गरेका छन् ।


    प्रतियोगितामा विवाहित र अविवाहित २५ जना आदीवासी जनजाती महिलाहरुले भाग लिएका थिए । प्रतियोगितामा कोरियोग्राफी, फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।

    आदिवासी जनजाति महिलाहरुको व्यक्तित्व र बौद्धिकता तथा साँस्कृतिक विकास, प्रचार र सर्मद्धन गर्ने उदेश्यले हरेक बर्ष मिस तथा मिसेस् इन्डिजिनियस प्रतियोगिताको आयोजना हुँदै आएको आयोजक एसके इन्टरटेइमेन्टका शान्ता तामाङले बताइन् ।


    मिस एण्ड मिसेस ईण्डिजिनियस ९२०२४ सिजन ३० को अडिसन वैशाख २२ गते सम्पन्न भएको थियो छ । एसके इन्टरटेनमेन्टले हरेक बर्ष मिस एण्ड मिसेज गुरुङ, मिसेस तामाङ र मिस एण्ड मिसेस इण्डिजिनियस प्रतियोगिता गर्दै आएकोसमेत आयोजक तामाङले जानकारी दिइन् ।


    मंगलवार, आषाढ ११ २०८१११:१६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij