Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डको जवाफ– ‘अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

प्रधानमन्त्री प्रचण्डको जवाफ– ‘अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

  • मंगलवार, आषाढ ११ २०८१

  • 1.4K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको जवाफ– ‘अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफ दिँदै उहाँले आफूले युद्धमा रहेका नेपालीसँग राती १२ बजे कुरा गर्ने गरेको बताउनुभयो ।

    सांसद शाहीले देशमा सरकार र प्रधानमन्त्री छ भन्दै गरेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भन्नुभयो–‘एक जना माननीय सदस्यले राख्नुभयो, नेपालमा प्रधानमन्त्री छ कि छैन, रुसी सेनामा गएका नागरिक ल्याउन के भएको छ भनेर राख्नुभयो । यहीँ हुनुहुन्छ कि जानुभयो ? यो प्रश्न सोध्ने माननीय ? (त्यसपछि ज्ञानेन्द्र शाहीले हात उठाए) नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ ।

    प्रचण्डले थप भन्नुभयो, सरकारले पठाएर रुसी सेनामा गएका त हैनन् नेपाली नागरिक । नेपाली सेना रुसी सेनामा जानु र त्यहाँ मारिनु दुःखद कुरा हो र सरकारले जिम्मेवारी पूर्वक । अझ म जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु, राती १२ बजे रुसी सेनाको मोर्चामा भएका नेपालीसँग फोनमा मैले कुरा गर्ने गरेको छु । उनीहरूलाई फिर्ता ल्याउन त्यहाँ भएकाहरूसँग राय लिएको छु, त्यस्तो प्रधानमन्त्री । तपाई कुनै दिन हुनुभएछ भने तपाईँले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु ।


    मंगलवार, आषाढ ११ २०८१०२:०१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij