Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसइईको नतिजा कमजोर आउनुमा पहिलो दोषी शिक्षक: डा. विद्यानाथ कोइराला

एसइईको नतिजा कमजोर आउनुमा पहिलो दोषी शिक्षक: डा. विद्यानाथ कोइराला

  • शुक्रवार, आषाढ १४ २०८१

  • 980
    SHARES

  • एसइईको नतिजा कमजोर आउनुमा पहिलो दोषी शिक्षक: डा. विद्यानाथ कोइराला

    काठमाडौं । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले माध्यमिक परिक्षा एसइईको नतिजा कमजोर आउनुमा पहिलो दोषी शिक्षक भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शिक्षाविद् कोइरालाले शिक्षकले पढाउन नजानेको, पढाउने कला पनि थाहा नभएको दाबी गर्दै विद्यार्थी परिवर्तन भए पनि पढाउने शैली पूरानै हुनु नै नतिजा कमजोर आउनु पहिलो कारण भएको स्पष्ट पार्नुभयो ।

    शिक्षकहरुमा विद्यार्थीको रुची केमा छ र कसरी पढाउँदा सहजरुपले बुझ्न सक्छन् भन्नेकुरामा चिन्तन नै नभएको कोइरालाको भनाइ छ । यस्तै, नेता र मन्त्रीहरु पार्टी, पदकै पछि लागिपर्ने र शिक्षाक्षेत्रमा नजर नै नलगाउनेमा केन्द्रित बनेको आरोप लगाउँदै उहाँले नैतिक हिसावले सरकार पनि दोषी देखिएको आरोप लगाउनुभएको छ ।

    एसईईको नतिजा हिजो सार्वजनिक भएको छ । परिक्षा दिएका ४ लाख ६४ हजार ७ सय ८५ जनामध्ये २ लाख २२ हजार ४ सय ७२ जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् भने २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीे कक्षा ११ मा भर्ना हुन अयोग्य ठहरिएकाछन् छन्  ।

    ननग्रेडिङ भएकामध्ये १ लाख १५ हजार ८ सय ३४ जनाले साउन १८ र १९ गते सञ्चालन हुने ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । उनीहरूले आगामी वर्ष चैत ७ गते नियमित परीक्षामा मात्र सहभागी हुन पाउनेछन्  ।

    दुई विषयसम्म एनजी ल्याएका विद्यार्थीले तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ ले गरेको छ । ६७ हजार ७ सय ९३ जनाले एक र ४८ हजार ३८ जना विद्यार्थीले दुई विषयमा एनजी ल्याएको बोर्डले जनाएको छ । १ लाख २६ हजार ४ सय ७९ जना भने कक्षा १० मै रोकिएका छन् । नतिजाअनुसार देशभरबाट १ सय ८६ जना विद्यार्थीले ४ मा ४ जीपीए ल्याएका छन् 


    शुक्रवार, आषाढ १४ २०८१०९:०७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij