Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अध्यक्ष र महासचिवमा चुनाव हुँदैन, सर्वसम्मत गर्छौ:सोम प्रसाद पाण्डे

अध्यक्ष र महासचिवमा चुनाव हुँदैन, सर्वसम्मत गर्छौ:सोम प्रसाद पाण्डे

  • शनिवार, आषाढ १५ २०८१

  • 813
    SHARES

  • अध्यक्ष र महासचिवमा चुनाव हुँदैन, सर्वसम्मत गर्छौ:सोम प्रसाद पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका नेता सोम प्रसाद पाण्डेले नेतृत्वतहमा सर्वसम्मत हुने दाबी गर्नुभएको छ ।
    राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल भइरहेको उहाँले बताउनुभयो ।

    नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा पार्टीका सातै प्रदेशका अध्यक्षहरु रहेको नेता पाण्डेको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले कुनै पनि हालतमा चुनाव नहुने अध्यक्ष र महासचिवमा जसरी पनि सर्वसम्मत नै गरिने स्पष्ट पार्नुभयो ।

    पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने सातै प्रदेशका अध्यक्षहरुले सुझावसमेत दिएको नेता पाण्डेले बताउनुभयो ।

    पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो ।

    एमालेबाट विभाजित भई २०७८ भदौमा बनेको नेकपा एसको महाधिवेशन भोलि १६ गते देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । नेकपा एसले यसलाई दशौँ राष्ट्रिय महाधिवेशन भनेको छ ।


    शनिवार, आषाढ १५ २०८१०८:५३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij