Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • मंगलवार, आषाढ २३ २०७७

  • 821
    SHARES

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    नुवाकोटको विदुर नगरपालिका–५ गङ्गटेमा गयराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

    बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो। दुर्घटनामा देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्।

    उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ।


    मंगलवार, आषाढ २३ २०७७०१:३९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij