Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले आज या भोलिसम्म राजीनामा दिने वरिष्ठ अधिवक्ता भट्टराईको विश्लेषण

प्रधानमन्त्रीले आज या भोलिसम्म राजीनामा दिने वरिष्ठ अधिवक्ता भट्टराईको विश्लेषण

  • बिहिवार, आषाढ २० २०८१

  • 901
    SHARES

  • प्रधानमन्त्रीले आज या भोलिसम्म राजीनामा दिने वरिष्ठ अधिवक्ता भट्टराईको विश्लेषण

    काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज र या भोलिसम्ममा राजीनामा दिने विश्लेषण गर्नुभएको छ । अब संसदमा बहुमत नपुग्ने भएपछि राजीनामा दिनुनै उहाँको राजनीतिक संस्कार झल्किने पनि अधिवक्ता भट्टराईको भनाइ छ ।

    हिजो साँझ नेकपा एमालेले समर्थन फिर्ता लिएर सरकारमा रहेका आठ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिइसकेको अवस्थामा संसदमा बहुमत नपुगेको स्पष्ट देखिसकिएको अवस्थामा अब प्रधानमन्त्रीले राजीनामा दिनुनै संसदीय व्यवस्था रहेको पनि अधिवक्ता भट्टराईकको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता भट्टराईले प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिनतर्फ लाग्नुहुन्छ भन्ने कुरामा विश्वस्त नरहेको जिकीर गर्नुभयो ।

    एमालेले नेपाली कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको छ । गएको सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने समझदारी भइसकेको छ ।

    प्रधानमन्त्रीले हिजोसम्म राजीनामा नदिएर विश्वासको मत लिने बताउँदै आउनुभएको थियो भने अब राजीनामा दिने कुरामा सकारात्मक देखिएनु भएको छ ।

    संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत जुटिसकेको भन्दै एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह पनि गरेका छन् ।


    बिहिवार, आषाढ २० २०८१०८:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij