काठमाडौं। पछिल्लो समयमा सांगीतिक बजारका लोकप्रिय तथा चर्चित मोडल शिशिर पौडेल र जुना गुरुङको अभिनयमा “नरोई बसे है“ बोलको गीत सार्वजनिक भएको छ।
माया पिरतीका कुराहरुलाई जस्ताकोतस्तै टपक्कै टिपेर बनाइएको गीतमा संगीत भरेर नबिन परियारले“नरोई बसे है“बोलको गीत बजारमा ल्याएका हुन्।
गीतमा शिव हमालको शब्द नबिन परियारको संगीत रहेको उक्त “नरोई बसे है” बोलको गीत यतीबेला संगीत बजारमा निकै लोकप्रीय बनेको छ।
उक्त गीतमा बिमल परियार र बत्ति थापा मगरको सुमधुर आवाज रहेको छ भने बिशाल घिमिरेको निर्देशन तथा बुद्ध थापाको छायांकन र सुजन कोईरालाको सम्पादन रहेको छ। गीत नबीन परियारको अफिसियल युटुबमा च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ।
गीत भिडियोमा हेर्नुहोस्ः