Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशका प्रमुख शक्तीबीच नै प्रतिष्पर्धा र द्वन्द हुँदा साना दलले फाइदा उठाएको बोध भएरै एक भयौं: नारायण खड्का

देशका प्रमुख शक्तीबीच नै प्रतिष्पर्धा र द्वन्द हुँदा साना दलले फाइदा उठाएको बोध भएरै एक भयौं: नारायण खड्का

  • शुक्रवार, आषाढ २१ २०८१

  • 556
    SHARES

  • देशका प्रमुख शक्तीबीच नै प्रतिष्पर्धा र द्वन्द हुँदा साना दलले फाइदा उठाएको बोध भएरै एक भयौं: नारायण खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता नारायण खड्काले राष्ट्रिय सहमतिको प्रयासस्वरुप नै सरकार गठन हुने बताउनुभएको छ । राष्ट्र र जनताका लागि राजनीतिक प्रतिष्पर्धालाई त्यागरे एमालेसँग सहकार्य गर्न सहमत भएको नेता खड्काको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका खड्काले देशका प्रमुख शक्तीहरुबीच नै प्रतिष्पर्धा र द्वन्द हुँदा साना दलले फाइदा उठाएको दुवै दललाई बोध भएकाले अब सहकार्यमा नयाँ सरकार गठनमा जुटेको स्पष्ट पार्नुभयो ।

    यस्तै उहाँले आफूहरुबीचको प्रतिष्पर्धाको फाइदा लिएर पटक–पटक प्रधानमन्त्री बन्नु नै पुष्पकमल दाहाल प्रचण्डको सौभाग्यशाली यात्रा भएको बताउँदै प्रधानमन्त्रीले अब राजीनामा दिएर नयाँ सरकार बन्ने वातावरण निर्माणका लागि मार्गप्रशस्त गरिदिन आग्रह समेत गर्नुभएको छ ।

    कांग्रेस र एमालेबीच गत सोमबार मध्यराति नयाँ गठबन्धन निर्माण गरेर अघि बढ्ने समझदारी भइसकेको छ । यता, प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने बरु संवैधानिक अधिकार प्रयोग गर्दै सदनमा विश्वासको मत लिने निर्णय गर्नुभएको छ जसकारण एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्तिमा ढिलाइ हुने सम्भावना देखिएको छ ।

     


    शुक्रवार, आषाढ २१ २०८१०९:१२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij