Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका स्टार्मर नियुक्त

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका स्टार्मर नियुक्त

  • शनिवार, आषाढ २२ २०८१

  • 719
    SHARES

  • बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका स्टार्मर नियुक्त

    एजेन्सी । बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका कियर स्टार्मर नियुक्त हुनुभएको छ ।

    हिजो भएको संसदीय चुनावमा अत्यधिक बहुमत पाएसँगै स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

    संसद्का ६ सय ५० सिटमध्ये स्टार्मरको पार्टीले ४ सय १२ सिट जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ११ सिटले धेरै हो । यस्तै विगत १४ वर्षदेखि सत्तामा रहेको कन्जर्भेटिभ पार्टीले १ सय २१ सिट मात्रै जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ५० सिटले कम हो ।

    किअर स्टार्मर प्रधानमन्त्रीमा नियुक्त हुनुअघि तत्कालीन प्रधानमन्त्री ऋषि सुनक बकिङ्गम दरबारमा पुगेर राजा चार्ल्ससमक्ष राजीनामा बुझाउनुभएको थियो । राजा चार्ल्सलाई राजीनामा दिएर उहाँ बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिनुभएको हो ।

     


    शनिवार, आषाढ २२ २०८१०७:०१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij