काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले एमाले–कांग्रेस गठबन्धनको नयाँ सरकारले देशमा निकाश र विकाश दिने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले दुई ठुला शक्ती एकजुट भएर अगाडि बढ्नु नै देश र जनताका लागि हितमा स्पष्ट पार्दै अब मुलुकलाई राजनीतिक स्थायित्व तर्फ लिएर जान सक्ने र सक्नु पनि पर्नेमा जोड दिनुभयो ।
कांग्रेस र एमालेबीच गत सोमबार मध्यराति नयाँ गठबन्धन निर्माण गरेर अघि बढ्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भइसकेको छ । यता, प्रधानमन्त्री प्रचण्डले भने यहि २८ गते संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्रीले विश्वासको मत लिन तयार भए पनि या मार्गप्रशस्त गर्ने तयारी गर्ने यी दुबै प्रक्रियामा गए पनि एमाले र कांग्रेस सहितका दलहरुको दुई तिहाई संख्याको समर्थनमा धारा ७६ को (२) अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्रीको पक्षमा अब ६३ मत मात्रै देखिएको छ भने संसद्मा ७ सिट भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् ।
अब माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० जना गरी ६३ जना सांसद रहेका छन् । यसरी हेर्दा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित बनिसकेको छ