Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

धारा ७६(२) अनुसार नै सरकार बन्छ, ओली प्रधानमन्त्री: भरत खड्का

धारा ७६(२) अनुसार नै सरकार बन्छ, ओली प्रधानमन्त्री: भरत खड्का

‘अब पनि जनताको लागि काम नगरे पाप लाग्छ’
  • बुधवार, आषाढ २६ २०८१

  • 933
    SHARES

  • धारा ७६(२) अनुसार नै सरकार बन्छ, ओली प्रधानमन्त्री: भरत खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता भरत खड्काले धारा ७६(२) अनुसार नै सरकार बन्ने बताउनुभएको छ । धारा ७६(२) मा सरकार बनाउने सम्भावना भएसम्म बन्ने बताउँदै नेता खड्काले यदि यो अनुसार बन्ने अवस्था नभएमात्रै धारा ३ मा जाने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नेमा कुनै पनि शंका र द्वविधा नभएको बताउनुभयो ।

    यस्तै नेता खड्काले दुई ठुला दलको समिकरणमा बन्ने नयाँ सरकारसँग जनता आशाबादी र शशंकीत दुबै भएकाले अब काम गरेर देखाउने जिम्मेवारी कांग्रेस र एमालेको काँधमा आएकोे तर्क गर्नुभयो । अब पनि देश र जनताको लागि केहि नगरेर आफ्नो स्वार्थ पूरा गर्नतर्फ लाग्ने हो भने पाप लाग्ने पनि नेता खड्काको भनाइ छ ।

    कांग्रेस र एमालेबीच गत सोमबार मध्यराति नयाँ गठबन्धन निर्माण गरेर अघि बढ्ने र एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भइसकेको छ । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यहि २८ गते संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

    प्रधानमन्त्रीको पक्षमा अब ६३ मत मात्रै देखिएको छ यसरी हेर्दा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित बनिसकेको छ


    बुधवार, आषाढ २६ २०८१०९:३६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij