Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अमेरिकाको निर्वाचनको नतिजा आउन शुरु, लगातार वाइडेनको अग्रता

अमेरिकाको निर्वाचनको नतिजा आउन शुरु, लगातार वाइडेनको अग्रता

  • बुधवार, कार्तिक १९ २०७७

  • 1.6K
    SHARES

  • अमेरिकाको निर्वाचनको नतिजा आउन शुरु, लगातार वाइडेनको अग्रता

    काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाको सवैभन्दा शक्तिशाली पदका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक हुन थालेको छ । पछिल्ला विवरणहरुमा डेमोक्र्याटिक तर्फबाट राष्ट्रपतिका लागि उम्मेदबार बन्नु भएका जो वाइडेनको अग्रता कायमै देखिएको छ ।

    पूर्व उप-राष्ट्रपति वाइडेनले हालसम्मको नतिजामा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछाडि पारिएका छन् । अमेरिकाका ५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा वाइडेन तर्फका १३१ इलेक्टोरल कलेजका प्रतिनिधि छनौट हुँदा उनका प्रतिस्पर्धी ट्रम्पका भने ९२ प्रतिनिधि मात्रै छानिएका छन् । गणना भाइरहेका मध्ये बाइडनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन ।

    अमेरिकामा कुल ५३८ वटा इलेक्टोरल कलेज मत मध्ये २७० भन्दा बढी इलेक्टोरल मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छ ।  नेपाली समय अनुसार गएराती अबेरसम्म भएको मतदान सकिएपछि अहिले विहानदेखि मत परिणाम सार्वजनिक हुन थालेको हो । आज दिनभरी मत परिणाम आउने क्रम जारी रहने अमेरिका स्थीत नेपालीहरुले जनाएका छन ।

    अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान कहीँ ६ बजे, कहीँ ७ बजे र कहीँ ८ बजे मतदान शुरु भएको थियो । प्रत्यक्ष मतदान गएराती भएपनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेका थिए ।

    चुनावको एक दिन बाँकी छँदा ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फत लाखौ मतदाताले मतदान गर्दछन् ।

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो । प्रतिश्पर्धी मध्ये ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका भएकाले अमेरिको जिम्मेबारी बुढा नेतालाई नै पर्ने भएको छ ।

    वाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्धा बनाउनु भएको थियो भने ट्रम्प आफु माथी लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामक रूपमा प्रस्तुत हुनु भएको थियो ।

    चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको थियो । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।

    अमेरिकामा रिपब्लिकनहरूहरुलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् ।

    यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि कुल मतदानमा हिलरी क्लिन्टनले धेरै पाएपनि इलेक्टोरल कलेजको मत डोनल्ड ट्रम्पले धेरै पाएर उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

    त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारि विजयी हुने प्रक्षेपण गरेका थिए । अमेरिकामा हरेक चार चार बर्षमा नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।


    बुधवार, कार्तिक १९ २०७७०८:३९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij