डोल्पामा ‘कर्णाली अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ। चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको बताइएको छ।
फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ। यस्ता कार्यक्रमले कर्णाली प्रदेशका आम नागरिकको जीवनमा पनि आर्थिक उपार्जनका लागि माध्यम बन्ने आयोजक चोया डिजिटल सोलुसन प्रा.लि. का अध्यक्ष राजकुमार सिलवालले बताए।
उनीहरूले कर्णाली प्रदेश चलचित्र छायांकनका लागि सही र महत्त्वपूर्ण गन्तव्य रहेको भन्दै प्रचारप्रसारको कमी भएको बताए।