मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ ।
हाल देशभर सामान्य बदली रही प्रदेश न १, बागमती , गण्डकी , प्रदेश ५, सुदुर पश्चीम र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
दिउँसोः देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।