Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसदमा कांग्रेस ठुलो पार्टी भएकाले अरुको भन्दा मन्त्री सिट संख्या धेरै हुन्छ: मीन विश्वकर्मा

संसदमा कांग्रेस ठुलो पार्टी भएकाले अरुको भन्दा मन्त्री सिट संख्या धेरै हुन्छ: मीन विश्वकर्मा

  • आइतवार, आषाढ ३० २०८१

  • 825
    SHARES

  • संसदमा कांग्रेस ठुलो पार्टी भएकाले अरुको भन्दा मन्त्री सिट संख्या धेरै हुन्छ: मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले कामगर्न सक्ने र स्वच्छ छबी भएकालाई मात्रै सरकारमा पठाउने बताउनुभएको छ ।

    जनताले विश्वास गरेका, योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीको चयन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका विश्वकर्माले पूरानालाई नदोहो¥याइ नयाँलाई अवसर दिने बताउनुभयो । यस्तै प्रधानमन्त्रीका रुपमा ओलीलाई साथ, सहयोग र समर्थन रहिरहने पनि उहाँको भनाइ छ ।

    अन्य दलहरुको पनि समर्थन भएकाले अहिले नै कसको कति सिट भन्ने एकिन भइनसकेकाले राष्ट्रिय सहमतिको सरकारमा सबै मिलेर अगाडि बढ्ने बताउँदै अरुको भन्दा कांग्रेसको संख्या भने धेरै हुने उहाँको तर्क छ ।

    हिजोको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पनि ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसहित मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको छ ।

    एमालेका अध्यक्ष आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । आज ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । आज समय ढिला हुने भएकाले भोलि बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण कार्यक्रम हुने बताइएको छ । 


    आइतवार, आषाढ ३० २०८१०८:५६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij