Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनताले धेरै आसा र विश्वास गरेकाले अब काम गरेर देखाउने जिम्मेवारी ओली सरकारको काँधमा छ: मनीष सुमन

जनताले धेरै आसा र विश्वास गरेकाले अब काम गरेर देखाउने जिम्मेवारी ओली सरकारको काँधमा छ: मनीष सुमन

  • मंगलवार, श्रावण १ २०८१

  • 691
    SHARES

  • जनताले धेरै आसा र विश्वास गरेकाले अब काम गरेर देखाउने जिम्मेवारी ओली सरकारको काँधमा छ: मनीष सुमन

    काठमाडौं । जसपा नेपालका प्रवक्ता मनीष सुमनले नयाँ मन्त्रीमण्डलमा नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूरा साथ र समर्थन रहेको बताउनुभएको छ ।

    आफूहरुले अहिले तत्काल मन्त्रीको लागि चासो र सोच नै नराखेकाले मन्त्रीमण्डलमा नभए पनि गठबन्धनमा भएकाले बाहिरै बसेर सरकारको पक्षमा उभिएको उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता सुमनले नेपाली कांग्रेस र एमालेबीच असार १७ गते राती भएको समझदारीमा समर्थन जनाउने दल नै जसपा भएको दावी गर्नुभयो ।

    हिजो विस्तार भएको मन्त्रीपरिषद्मा जसपाबाट एकजना पनि मन्त्री छैनन् । दुई ठुला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारबाट जनताले धेरै आसा र विश्वास गरेको बताउँदै उहाँले अब काम गरेर देखाउने जिम्मेवारी ओली सरकारको काँधमा आएको स्पष्ट पार्नुभयो । यस्तै अबको सरकारले देशलाई स्थायित्व दिने उहाँको विश्वास रहेको छ ।

    काम केहि नगर्ने, धेरै उथलपुथल भइरहने र विश्वासको मत मात्रै लिने लगायतका क्रियाकलाप नै प्रचण्ड नेतृत्व सरकारको विपक्षमा उभिनुको प्रमुख कारण भएको उहाँको भनाइ रहेको छ ।

    कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको छ । एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन् । त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन् ।


    मंगलवार, श्रावण १ २०८१०९:५४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij