Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘कैलाशपति शिवजी’ बोलको भजन गीत सार्वजनिक (भिडियोसहित)

‘कैलाशपति शिवजी’ बोलको भजन गीत सार्वजनिक (भिडियोसहित)

  • बिहिवार, श्रावण ३ २०८१

  • 854
    SHARES

  • ‘कैलाशपति शिवजी’ बोलको भजन गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । कलाकार रामचन्द्र चन्द, कमला पोखरेल, नन्दु परियार र बिन्दु बी.सी.को आवाजमा ‘कैलाशपति शिवजी’ बोलको भजन गीत सार्वजनिक भएको छ । हेमनाथ खरेलको शब्द रहेको गीतमा खिमानन्द खरेलको सङ्गीत रहेको छ ।

    गीतलाई कृष्ण भान्जाले एरेन्ज गरेका हुन् भने रेकर्डिस्टमा कमल थापा र गोविन्द अनेक रहेका छन् । प्रिज्मा रेर्कडिङ स्टुडियोमा रेकर्ड भएको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको छ ।

    खिमानन्द खरेलको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा यशु भटराई, शिवजी क्षेत्री, सन्तोष लम्साल, हरिकृष्ण राजथला, नुर भण्डारी र आशा वि.सी. को अभिनयलाई देख्न सकिन्छ । गीतको भिडियोमा शिवजी क्षेत्रीको कोरियोग्राफ रहेको छ भने बसन्त बि जे महर्जनले छायाङ्कन गरेका छन् । भिडियोको सम्पादन अमृत चापागाईँले गरेका हुन् । गीतको भिडियोलाई रिवान्श म्युजिक युट्युबबाट सार्वजनिक गरिएको छ ।

    भिडियो हेर्नुहोस्

     


    बिहिवार, श्रावण ३ २०८१०३:०९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij