Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला आजपनि जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला आजपनि जारी

  • शनिवार, श्रावण १९ २०८१

  • 1.0K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला आजपनि जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला आज दोस्रो दिन पनि चलिरहेको छ। पार्टीको केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा कार्यशाला हिजोदेखि चलिरहेको छ।

    कार्यशालाको दोस्रो दिन आज विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य मान्यता र लिडरसीप एकेडेमी क्यान्डिडेट क्लबमा छुट्याइएको ६ समूहले छलफलको निष्कर्ष प्रस्तुत गरिरहेका छन्।

    पार्टीको रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्। बन्द कार्यशालामा विषयगत छलफलका लागि हिजो ६ वटा समूह विभाजन गरिएको थियो।

    कार्यशाला अन्तर्गत केन्द्रीय समितिका सदस्यहरूले बुझाएको कार्ययोजना सुझाव सभापति रवि लामिछाने र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले अध्ययन गर्नेछन् । सत्ताबाट बाहिरिएपछि रास्वपामा पार्टी निर्माणमा जुटेको छ।


    शनिवार, श्रावण १९ २०८१०२:१८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij