Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बङ्गलादेशमा नेपालीः समन्वय नगरी देश नछाड्न दूतावासको आग्रह

बङ्गलादेशमा नेपालीः समन्वय नगरी देश नछाड्न दूतावासको आग्रह

  • सोमवार, श्रावण २१ २०८१

  • 1.3K
    SHARES

  • बङ्गलादेशमा नेपालीः समन्वय नगरी देश नछाड्न दूतावासको आग्रह

    काठमाडौं। बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। नेपाल फर्किन चाहने विद्यार्थी र सम्पूर्ण नेपालीहरुले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासले आग्रह गरेको हो।

    बङ्गलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीमध्ये करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ। साथै बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको पनि जनाएको छ।

    ‘‘बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग राजदूतावास निरन्तर सम्पर्कमा छ।’’ राजदूतावासले भनेको छ।

    राजधानी ढाकासहित बङ्गलादेशका अधिकांश ठाउँमा आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बङ्गलादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ।

    बङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जनाएको छ।दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुई वटा टेलिफोन नम्बर सार्वजनिक गरेको छ। दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन्।

    12_42.jpg


    सोमवार, श्रावण २१ २०८१०४:१४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij