काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले देशमा देखिएका सबैखाले समस्याको समाधान गर्न र पीडितहरुलाई न्याय दिन सरकार अग्रसर बन्नुपर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा पनि जनता र देश केन्द्रित भएकाले सरकारले सोहि अनुसार काम गर्नुपर्ने र गरिरहेको दाबी गर्नुभयो ।
यस्तै सहकारी पीडितको समस्या अहिलेदेखि नभई पहिला देखिकै भएको र यो प्रकरणमा समिति नै बनाएर छानविन भइरहेकाले अनुसन्धानको क्रममा दोषी ठहरिने जुन पद र शक्तीका जो जोसुकै व्यक्ति भए पनि कानुनी कारवाहीको दायरामा ल्याइनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
कुनै पनि प्रतिसोध नसाधिकन तथ्य र प्रमाणका आधारमा दोषी देखिने व्यक्तीलाई कडाइका साथ कारवाही हुने पनि नेता ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकारले यो प्रकरणको छिट्टै समाधान खोज्नुपर्नेसमेत उहाँको सुझाव रहेको छ ।
यस्तै, सहकारी संसदीय छानबिन विशेष समितिले पीडित, सरोकारवाला व्यक्तिलगायतसँग छलफल गरिसकेको छ भने समितिले पनि प्रमाण, तथ्यपरकका आधारमा जुन पदका व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याइने बताएको छ ।