काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ ।
बुधबार(आज) बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ र विपक्षमा ८ मत परेको हो छ भने तटस्थमा एक रहेको छ।
मतदानमा ४५ जना सहभागी भएका थिए। सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो । यो मत ५३ सदस्यीय प्रदेशसभाको दुई तिहाइ भन्दा बढी हो।
२० साउनमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहलाई कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यले विश्वासको पक्षमा मतदान गरेका हुन्।