काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले वर्तमान सरकारले जनता र राष्ट्रलाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको वर्तमान गठबन्धन सरकारलाई काम नर्गन र जनतालाई निराशा बनाउन कहिकतै छुट नभएको नेता बडालको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले संविधानको आधारभुत विषयलाई सबल, सक्षम र प्रभावकारी बनाएर अगाडि बढ्नेबाहेक अरु दायाबाँया गर्ने सरकारले छुट नभएको र दिनु पनि नहुने स्पष्ट पार्नुभयो ।
अहिलेका सरकारमा रहेका मन्त्रीहरुले पनि विकाश र सुशासनको लागि काम गर्छौ, पहिलो प्राथमिकता देश र जनता भन्ने आट र हिम्मतले काम गरिरहेकोले धेरै आस गर्न सकिने नेता बडालले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै नेता बडाललेटीआरसी विद्येयक एकदमै महत्वपूर्ण ‘ब्रेक थ्रू’ रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको हिजो बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । यो विद्येयक पीडितमैत्री भएको दलहरुले दाबी गरिरहेका छन् ।