Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजश्व उपसचिवले उमारे ३० हजार गुर्जाेका विरूवा

राजश्व उपसचिवले उमारे ३० हजार गुर्जाेका विरूवा

  • मंगलवार, आषाढ २३ २०७७

  • 1.3K
    SHARES

  • राजश्व उपसचिवले उमारे ३० हजार गुर्जाेका विरूवा

    प्रत्येक वर्षको अन्तिम तीन महिना राजस्व असुलीको महिना हुने भएकोले यसबेला राजस्व कार्यालयका प्रमुखलाई राजस्व असुली गर्न भ्याइनभ्याई हुन्छ तर लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटलाई त्यसो छैन ।

    गत चैत ११ गतेदेखि कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले वन्दावन्दी जारी ग¥यो, वन्दावन्दीको पहिलो तीन महिनामा सरकारी कार्यालयहरु बन्द रहेकाले अधिकांश कार्यालय प्रमुख र कर्मचारी घरपरिवारमै रमाएर बसे । यस अवधिमा अन्य कार्यालय जस्तै आन्तरिक राजस्व कार्यालयको राजस्व असुली प्रक्रिया पनि बन्द भयो । कार्यालय बन्द भएपछि आराकाका अधिकांश शाखा अधिकृत र कर्मचारी पनि घर पुगे । उक्त कार्यालयका कार्यालय प्रमुखको रुपमा रहनुभएका उपसचिव कमल बहादुर राजलवट पनि घर नै जाने अन्य स्थानीय कर्मचारीहरुको अनुमान थियो तर भयो त्यसको ठीक विपरित ।

    वन्दावन्दी हुने अघिल्लो दिन नै राजलवटले काठमाण्डौं घर भएका आफ्ना सबै परिवारजनलाई लहानस्थित सरकारी निवासमै बोलाउनुभयो । काठमाण्डौंबाट लहानमा उहाँको पत्नी विनु श्रेष्ठ, दाजु रमेशबहादुर राजलवट तथा छोराछोरी लहानमै आउनुभएपछि सबैको एउटै दिनचर्या बन्यो, राजलवटको सरकारी निवास परिसरमा रहेको खाली जग्गामा गुर्जोको बेर्ना लगाउने र कलमी बनाउने ।

    लहानको गणेश चोकमा रहेको आन्तरिक राजस्व कार्यालयदेखि करिब तीन सय मिटरको दुरीमा रहेको सरकारी निवास आइपुग्दासम्म बाटामा सडक छेउको खाली जग्गामा अनेक लहरा र झारी बुट्यान पर्दछ । वन्दावन्दीको सुरुको हप्तामै उपसचिव राजलवटले लहरा र झारी बुट्यान भएका जग्गामा पसेर लहरा काट्दा वरिपरीका व्यापारी र स्थानीय बासिन्दा आश्चर्यमा पर्थे । पछि मात्रै व्यापारी र स्थानीयबासी सबैले बुझे, उपसचिव राजलवटले काटेको लहरा त गुर्जो पो रहेछ ।

    जेठको तेश्रो हप्तासम्म वन्दावन्दीको स्वरुप परिवर्तन भई केही खुकुलो भएपछि उपसचिव राजलवटले आफ्नो परिवार र केही कर्मचारीहरुको सहयोगमा सरकारी निवास परिसरमा झण्डै ३० हजार गुर्जोको कलमी तयार पारिसक्नुभएको थियो । जसमध्ये १० हजार कलमी काठमाण्डौंमा उहाँले असार १५ गतेभित्र पठाइसक्नुभएको छ ।

    उहाँसँग अहिले पनि ३० हजार जति गुर्जोको विकसीत कलमी छन् जसलाई अर्थमन्त्रालयको विभिन्न विभाग र कार्यालयमा पठाउन छुट्याइएको छ । यसबाहेक थप ५० हजार कलमी तयार हुँदैछन् जसलाई विभिन्न सँस्था र कार्यालयमा पठाउने योजना छ । लहानबाट पठाइएको गुर्जोको कलमी सिंहदरवार र अर्थमन्त्रालयको विभिन्न कुनामा छ्यास्छ्यास्ती हुर्किसकेको उहाँ बताउनुहुन्छ । गुर्जोको महिमा व्यापक भइसकेको अहिलेको अवस्थामा उहाँकहाँ टाढा टाढाबाट गुर्जोको कलमी माग्न आउँछन् । गुर्जोको कलमी माग्न आउनेलाई माग अनुसार उहाँ क्यारेट सहित निःशुल्क दिई पठाउनुहुन्छ ।

    ‘गुर्जोको कलमी उत्पादन महड्ढो छैन र यसमा खास खर्च पनि लाग्दैन’, उहाँ भन्नुहुन्छ–‘यहाँको झाडी बुट्यानमा प्रशस्त गुर्जोको लहरा भेटिन्छन्, तिनै लहरा काटेर म बेर्ना बनाउँछु र त्यसलाई कलमीको रुपमा विकसीत बनाउँदछु ।’ गुर्जोको कलमी उत्पादन गर्नकै लागि उहाँले चार महिनादेखि माछामासु र मदिरा खान छोड्नुभएको छ । उहाँ भन्नुहुन्छ–‘यिनीहरुमा लगाउने रकमले नै गुर्जोको कलमी उत्पादन गर्न पुग्छ, नपुगे आफ्नो तलब लगाउन समेत पछि पर्दिन ।’

    महोत्तरीका जमिन्दार खलकका उपसचिव राजलवटका पत्नी विनु श्रेष्ठ अधिवक्ता हुनुभएकोले पनि उहाँलाई आफ्नो तलब गुर्जोको कलमीमा लगाउन अफ्ठ्यारो छैन । गुर्जोको माध्यमबाट भए पनि ‘निरोगी नेपाली र निरोग नेपाल’ बनाउन राजलवट परिवारले उपसचिव राजलवटलाई पूर्ण रुपले सहयोग र समर्थन गर्दै आइरहनुभएको छ ।

    वन्दावन्दीको पूर्ण समय गुर्जोको कलमी उत्पादन गर्न समय दिनुभएका उपसचिव राजलवटले वन्दावन्दी खुकुलो भई कार्यालय सञ्चालन हुन थालेपछि अहिले विहान र बेलुका मात्रै समय दिइरहनुभएको छ । गुर्जोको उत्पादनमा समय दिएकाले राजस्व असुलीमा अवरोध त आइरहेको छैन भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ–‘बेर्नाको कलमी उत्पादन गर्न आफ्नै श्रोतले दुई जना ज्यामी राखेकोले मलाई कार्यालयमा समय दिन सजिलो भएको छ । असार मसान्तसम्म लक्षित राजस्वको ९० प्रतिशत असुली पुरा हुन्छ, वन्दावन्दीको कारण शतप्रतिशत असुली हुन भने गा¥हो छ ।’


    मंगलवार, आषाढ २३ २०७७०२:४३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij