Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सोलुखुम्बुमा हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पस्यो, विवरण आउन बाँकी

सोलुखुम्बुमा हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पस्यो, विवरण आउन बाँकी

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 681
    SHARES

  • सोलुखुम्बुमा हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पस्यो, विवरण आउन बाँकी

    काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमपहिरो गएको छ ।

    हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

    उहाँले बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का गरिएपनि विवरणहरू आइनसकेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी खत्रीले सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो ।

    ‘सदरमुकामबाट निकै टाढाको क्षेत्र हो । गाडीमा एक दिन र पैदल दुई दिन हिँड्नुपर्छ । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन’, प्रजिअ खत्रीले बताउनुभयो ।

    सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको प्रजिअ खत्रीको भनाइ छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अप्नाउन आग्रह गरेको छ ।


    शुक्रवार, श्रावण ३२ २०८१०३:००:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij