Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशमा यतिबेला संवृद्धि र विकाशको मुख्य आवश्यक छ: डा. बाबुराम भट्टराई

देशमा यतिबेला संवृद्धि र विकाशको मुख्य आवश्यक छ: डा. बाबुराम भट्टराई

  • शनिवार, भाद्र १ २०८१

  • 527
    SHARES

  • देशमा यतिबेला संवृद्धि र विकाशको मुख्य आवश्यक छ: डा. बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशमा यतिबेला संवृद्धि र विकाश मुख्य आवश्यक भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले भ्रष्टाचार र बेथितीलाई अन्त्य गर्न सकियो भने र यस्ता प्रकरणमा मुछिएको प्रमाणित भएको अवस्थामा राष्ट्रपति होस् अथवा प्रधानमन्त्री जुन पदका व्यक्ति भए पनि स्वतन्त्र छानविन गरेर कानुनी दायरामा ल्याउन सकियो भने देशलाई संवृद्धिको चुचुरोमा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

    यस्तै उहाँले नेपाललाई अरु देशजस्तो बनाउने होडबाजीयुक्त भाषण भन्दा पनि भ्रष्टाचारमुक्त नेपाल नै बनाउनुपर्नेमा जोड दिनुभयो ।
    राजनीतिक स्थिरता र प्रत्यक्ष कार्यकारी प्रणालीबिना यो देश नबन्ने दाबी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको आवश्यकता नै यहि भएको स्पष्ट पार्नुभयो ।

    यस्तै भने जस्तै भएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देश गयो भने अबको २० वर्षभित्रमा अहिलेको अल्पविकशित अवस्थाबाट विकशित अवस्थामा रुपान्तरण गर्न सकिने उहाँको भनाइ छ ।


    शनिवार, भाद्र १ २०८१०९:१६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij