Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारलाई काम नगर्न र जनतालाई निरास बनाउन छुट छैन: रमेश रिजाल

वर्तमान सरकारलाई काम नगर्न र जनतालाई निरास बनाउन छुट छैन: रमेश रिजाल

  • शनिवार, भाद्र १५ २०८१

  • 481
    SHARES

  • वर्तमान सरकारलाई काम नगर्न र जनतालाई निरास बनाउन छुट छैन: रमेश रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश रिजालले वर्तमान सरकारबाट जनताले आस गरेका कामहरु हुने बताउनुभएको छ । कांग्रेस–एमाले समिकरणको सरकारले देश, जनताको विकाश र हितको लागि बाहेक अरु काम नगर्ने गर्न पनि नदिने उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता रिजालले दुई ठुला दल मिलेर बनेको सरकारबाट पनि राम्रा काम भएनन् भने जनतामा निराशा झन् बढ्ने बताउँदै यो सरकारलाई काम नगर्न र जनतालाई निरास बनाउन छुट नभएको बताउनुभयो ।

    सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अहिले सरकार बनेको र ओलीको कार्यकाल पछि पार्टी सभापति शेरबहादर देउवा नै प्रधानमन्त्री बन्ने पनि नेता रिजालको भनाइ छ । सरकार गठन हुनुपूर्व गरिएका सहमति अनुसार नै सरकार चल्ने र मन्त्रीहरुले काम गर्ने पनि उहाँको तर्क छ ।

    प्रतिपक्षले जे जस्ता प्रश्न र आरोप लगाए पनि पहिलो प्राथमिकतामा जनतालाई राखेर काम गर्नुबाहेक सरकारलाई अर्को विकल्प नभएको उहाँको भनाइ छ ।

    सरकार गठनको छोटो समय भएकाले अहिले नै केहि भएन भनेर टिप्पणी गर्नुभन्दा धेरै गर्छ भनेर विश्वास गर्नु र खबरदारी गर्नु आवश्यक रहेको पनि नेता रिजालको आग्रह छ ।


    शनिवार, भाद्र १५ २०८१०८:१३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij