काठमाडौं । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ०८४ सम्म वर्तमान गठबन्धन रहने बताउनुभएको छ ।
दुई ठुला दल नेपाली कांग्रेस र एमाले समिकरणको वर्तमान सरकारले जनताका मागहरु क्रमश पूरा गर्दै जाने र आगामी निर्वाचनसम्म सरकार परिवर्तनको कुनै डर नभएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले धेरै कुराहरु बोल्नु भन्दा काम र परिणामबाट जनतालाई खुशी बनाउन सक्नु नै सरकारको पहिलो प्राथमिकता रहेको र हुन पनि पर्नेमा जोड दिनुभयो ।
राजनीति भनेकै जनता र देशको सेवा गर्ने काम भएकाले व्यक्तिगत स्वार्थलाई भुलेर मन्त्री र नेताहरु लाग्नुपर्ने बताउँदै उहाँले जनतामा छाएको निरासा पनि यहि सरकारले मेटाउने विश्वास व्यक्त गर्नुभयो ।