Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने

रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने

  • शुक्रवार, भाद्र २१ २०८१

  • 605
    SHARES

  • रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने

    काठमाडौं । क्रेमलिनले शुक्रवार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ ।

    मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले बुधवार आरटीका दुई कर्मचारीलाई दोषी ठहर गरेको थियो।

    रुसको कडा पकडको दुर्लभ स्वीकारोक्तिमा पेसकोभले युक्रेनमाथि आक्रमणका क्रममा मस्कोको अभूतवपूर्व सेन्सरसिपलाई पनि जायज ठहर गरे।

    उनले तास समाचार एजेन्सीलाई दिएको टिप्पणीमा भने, “हामी जुन युद्धको अवस्थामा छौँ त्यसमा प्रतिबन्ध जायज छ र सेन्सरसिप पनि जायज छ।” उनले अमेरिकी मिडियाविरुद्ध रुसले कस्तो प्रतिबन्ध लगाउने भन्नेबारेमा बताएनन्।

    मस्कोले युक्रेनमा आक्रमण सुरु गर्दा द्वन्द्वमा स्वतन्त्र रिपोर्टिङलाई लक्षित गर्ने कानूनका बीच अधिकांश अमेरिकी मिडिया आउटलेटले रुसबाट आफ्ना कर्मचारी घटाए वा हटाए।

    अमेरिकी अर्थ मन्त्रालयले बुधवार प्रतिबन्ध लगाइएका १० व्यक्ति र दुई संस्थामा आरटीका प्रधानसम्पादक मार्गरिटा सिमोनियन र उनका डेपुटी एलिजाभेटा ब्रोडस्किया समावेश छन्।


    शुक्रवार, भाद्र २१ २०८१०५:३०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij