काठमाडौं । नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले देशमा जति विकाश हुनुपर्ने हो त्यति नभए पनि विस्तारै हुँदै गइरहेको बताउनुभएको छ ।
सरकारलाई पूर्ण रुपमा असफल भन्न नमिल्ने बताउँदै उहाँले जनतामा छाएको निराशाले दुखि बनाएको भने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकरा ऋषि धमलासँग कुरा गर्दै नेता चालिसेले जनताले गरेका आसाहरु सबै निराशामा बदलिएको समयमा वर्तमान सरकारले अब फेरि ब्युँत्याएर काम गर्ने कोशीस गरिरहेको स्पष्ट पार्नुभयो ।
दुई ठुला दल मिल्नुको मूख्य उदेश्यनै देशलाई निकास र विकाश दिनु भएको पनि उहाँको भनाइ छ ।
जुन सरकार आए पनि जनताको लागि केहि भएन, देश विकाश भएन भन्ने भाष्य वर्तमान सरकारले मेट्ने नेता चालिसेको विश्वास रहेको छ । कांग्रेस र एमालेको आगामी निर्वाचनमा एक्लाएक्लै उम्मेदवारी उठाउने घोषणाले गठबन्धनमा कुनै असर नपर्नेसमेत उहाँको भनाइ छ ।
यस्तै उहाँले अहिलेको सरकारको विकल्प नभएकाले ०८४ सम्मै यहि गठबन्धन रहने विश्वास समेत दिलाउनुभयो ।