काठमाडौं । नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीमा कुनै पनि अन्तरद्वन्द नभएको बताउनुभएको छ ।
सार्वजनकि भएका कतिपय कुराहरुमा सत्यता नभएको प्रष्ट पार्दै उहाँले पार्टीमा कुनैखाले अन्तरद्वन्द र मतभेद नभएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकरा ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले व्यक्तिगत केहि असन्तुष्टि भए पनि संगठितरुपमा भने कसैको पनि असन्तुष्टि नभएको बताउनुभयो ।
केहिसमय अगाडि सम्पन्न निर्वाचनको मतपरिणामपछि पार्टीमा अन्तरद्वन्द, मतभेद भन्ने लगायत सुचनाहरु बाहिर आइरहेका छन् यहि विषयमा उहाँले यी सबै सुचना र हल्लाहरु प्रमाणबिनाका भएको दाबी गर्नुभएको छ ।
निवाचनमा केहि जित्नैपर्ने योग्य र सक्षम व्यक्तिहरु पराजित हुँदा कतिपय कामको जिम्मेवारी दिन अफ्ठेरो भइरहेको उहाँको भनाइ छ । तर पराजित भएका व्यक्तिहरुले अब आगामी चुनावमा आफूलाई तयार गर्नुपर्ने सोचका साथ उनिहरु पार्टीको मुल काममा फर्किसकेको नेता खतिवडाले बताउनुभयो ।
यस्तै पार्टीलाई फुटाउने गृहकार्यको नेतृत्व रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेम आलेले गर्दैछन् भन्ने हल्लाको खण्डन गर्दै नेता खतिवडाले यी सबै हल्लाहरु झुठा भएको र यसका पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।