काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रमुख सचेतक महेश बतौलाले कांग्रेस र एमालेबीच सरकार गठनको क्रममा भएको सात बुँदे सहमति अनुसार नै न्यूनतम साझा कार्यक्रम ल्याइने बताउनुभएको छ ।
आधारभुत रुपमा सात बुँदाले जे भन्छ त्यहि कुरामा रहेर नै न्यूनतम साझा कार्यक्रम ल्याइने र यसका लागि गृहकार्य सुरु भइरहेको स्पष्ट पार्नुभयो ।
यस्तै नेता बर्तौलाले विशेषगरी न्यूनतम साझा कार्यक्रममा विकाश, संवृद्धि, सुशासन र सामाजिक न्यायसंग जोडिएका पाटोहरुलाई विशेष महत्व दिएर ल्याइने बताउनुभयो ।
सत्ता साझेदार पाँच दलका शीर्ष नेताको हिजो साँझ बसेको बैठकले पनि कांग्रेस र एमाले बिच भएको सातबुँदे सहमतिको मर्म अनुसार सत्तासीन दलको मुद्दा समेटेर न्यूनतम साझा कार्यक्रम ल्याउने निष्कर्ष निकालेको छ ।
सातबुँदे समझदारीका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता अनुसार न्यूनतम साझा कार्यक्रम ल्याउने कांग्रेस–एमालेका शीर्ष नेताबिचको सहमतिका सन्दर्भमा सबै दलको एकीकृत धारणा बनाउन छलफल भएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता बर्तौलाले संसदका दुई ठुला दलबीच सहकार्य हुनु र एक हुनुको मूख्य उदेश्य नै देश र जनताको विकाश नै भएको स्पष्ट पार्नुभएको छ ।
जनतामा बढ्दो निरासालाई आसाशा जागृत गर्ने काम वर्तमान सरकारको काँधमा आएकाले सरकारले अब दायाबाँया गर्ने छुट नपाएको समेत नेता बर्तौलाको भनाइ छ ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अब केहि हुन्छ की भन्ने आसा जागेको बताउँदै उहाँले यसलाई सस्थागत गर्न हरप्रयास र इमानदारिका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो ।