Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्रष्टा र संस्कृतिको संरक्षणका लागि ‘रामचन्द्र चन्द विशेष सांगीतिक साँझ’ हुँदै

स्रष्टा र संस्कृतिको संरक्षणका लागि ‘रामचन्द्र चन्द विशेष सांगीतिक साँझ’ हुँदै

  • शनिवार, भाद्र २९ २०८१

  • 1.2K
    SHARES

  • स्रष्टा र संस्कृतिको संरक्षणका लागि ‘रामचन्द्र चन्द विशेष सांगीतिक साँझ’ हुँदै

    काठमाडौं । ‘संस्कृतिका लागि श्रष्टाका लागि–रोग बाड्न सकिन्न, दुःख बाड्ने सकिन्छ’ भन्ने नाराका साथ लोकप्रीय गायक रामचन्द्र चन्दको एकल सांगीतिक साँझ हुनेभएको छ।

    गुल्मी कलाकार समाज, काठमाडौंको आयोजना र गुल्मेली समाज काठमाडौंको सहआयोजनाको आगामी असोज १४ गते सोमबार ‘रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१’ हुने भएको हो।

    सांस्कृतिक संस्थान, जमलमा हुने सांगीतिक साँझ सेवाभावका लागि आयोजना गर्न लागिएको र उक्त कार्यक्रमलाई डिस होमद्वारा सन्चालन हुने कार्यक्रम संयोजक गायिका मन्जु पौडेलले जानकारी दिनुभयो।

    गायक चन्दले गुल्मी जिल्लामा जन्मेर लोक दोहोरी गीत संगीतको क्षेत्रमा अनवरत प्रस्तुती दिँदै आउनु भएको छ । बहुप्रतिभाका धनी गायक चन्दका विभिन्न बिधाका दर्जनौं गीत अहिले पनि उत्तिकै चर्चामा रहेका छन्।

    गायक चन्दले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नुहुनेछ । स्रष्टा र संस्कृतीको संरक्षणका लागि आयोजित कार्यक्रममा आर्थिक, नैतिक र भौतिक साथ सहयोगको अपिल गर्दै सबैलाई खुला निमन्त्रणा गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो।


    शनिवार, भाद्र २९ २०८१०५:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij