Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सदनमा प्रतिपक्षी अमर्यादित बन्यो : सांसद वर्तौला

सदनमा प्रतिपक्षी अमर्यादित बन्यो : सांसद वर्तौला

  • आइतवार, भाद्र ३० २०८१

  • 647
    SHARES

  • सदनमा प्रतिपक्षी अमर्यादित बन्यो : सांसद वर्तौला

    काठमाडौं। सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र अमर्यादित र असंसदिय बनेको आरोप लगाएको छ।सत्तारुढ प्रमुख सचेतक महेश वर्तौलाले सभामुखले संसदमा गरेको रुलिङविरुद्धमा आन्दोलन गर्ने र अवरोध गर्ने काम गरेर अव्यवहारीक गतिबिधि गरेको आरोप लगाउनु भयो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेकपा एमालेका सांसद वर्तौलाले प्रतिपक्षी दलले सरकारका निर्णयहरुमा प्रश्न सोध्न पाउने र खवरदारी गर्न पाउने भएपनि सभामुखले नियमावली अनुसार गरेको रुलिङ मान्दिन भन्नु र गतिरोध उत्पन्न गर्नु अमर्यादित रहेको बताउनु भयो।

    संसदमा केहि समय पहिले एमाले सांसद योगेश भट्टराईले सम्बोधनका क्रममा प्रयोग गरेको हिंसा शव्द संसदको रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान नै गलत रहेको सांसद वर्तौलाले जिकिर गर्नुभयो। आजको संसद बैठक पनि अवरोध गर्ने निर्णयबाट पछाडी हटेर प्रतिपक्षी माओवादीले सदन चल्न दिएर मर्यादित बन्न आग्रह गर्नुभयो।

    फरक प्रसङ्गमा उहाँले उपसभामुख इन्दिरा रानाको विषयमा सत्तारुढ दलहरुले कुनैपनि निर्णय नलिएको र यो विषय प्रतिपक्षी दलहरुले नै अतिरन्जित बनाएको आरोप लगाउनु भयो।

    सरकारले उपसभामुखको विषयमा कुनै निर्णय नगर्दै रास्वपाले नै उपसभामुखले गल्ति गरेको भन्दै हिँडेकोले उपसभामुख विरुद्ध रास्वपा नै लागेको बताउनु भयो । यति ठुलो विषय उठेपछी अब उपसभामुखले मार्ग प्रसस्त गर्नुपर्ने उहाँको धारणा छ।


    आइतवार, भाद्र ३० २०८१०९:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij