Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशलाई शान्तीपूर्ण समाजमा फर्काउनका लागि कांग्रेस र एमाले एक भएको हो: राजन भट्टराई

देशलाई शान्तीपूर्ण समाजमा फर्काउनका लागि कांग्रेस र एमाले एक भएको हो: राजन भट्टराई

  • शनिवार, आश्विन ५ २०८१

  • 538
    SHARES

  • देशलाई शान्तीपूर्ण समाजमा फर्काउनका लागि कांग्रेस र एमाले एक भएको हो: राजन भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले देशलाई शान्तीपूर्ण समाजमा फर्काउनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले एक भएको बताउनुभएको छ ।

    जतिजति बेला मुलुक अफ्ठेरो स्थितीमा जान्छ त्यतिबेला कांग्रेस एमाले एक भएर निकास दिएको बताउँदै उहाँले देश अब विकाश र सुशासनतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    नयाँ सरकार गठनको दुई महिनामै देश सकारात्मक दिशातर्फ उन्मुख भइरहेको समेत उहाँको भनाइ छ । २०४६ सालको आन्दोलन, ०६२–०६३ को शान्तीप्रक्रियालाई निश्कर्षमा पु¥याउने कुरामा र ०७२ सालको संविधान जारी गर्नेलगायत सबैभन्दा महत्वपूर्ण र अफ्ठेरो अवस्थामा एमाले कांग्रेस एक ठाउँमा उभिदा मुलुककले निकास पाएको समेत नेता भट्टराईले स्पष्ट पार्नुभयो ।

    सामान्य अवस्थामा संसदका पहिलो र दोस्रो पार्टीले सरकार नबनाउने भए पनि जव मुलुक अफ्ठेरो अवस्थामा जान्छ तव मुलुकलाई केन्द्र भागमा राख्नपर्दाखेरी एक ठाउँमा आउनपर्ने स्थिती हुने तर्क गर्दै यस्तो अन्य मुलुकमा पनि हुने गरेको उहाँले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टाईले जनता र देशको लागि सोचेर काम गर्ने सरकार नै वर्तमान सरकार भएकाले जनतामा छाएको निराशा विश्वास र भरोसमा बदलीने समेत विश्वास व्यक्त गर्नुभएको छ ।


    शनिवार, आश्विन ५ २०८१०९:५९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij