Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस र एमाले समिकरणको सरकारबाट जनता अलिकति पनि खुशी छैनन्: डा. सुन्दरमणी दिक्षित

कांग्रेस र एमाले समिकरणको सरकारबाट जनता अलिकति पनि खुशी छैनन्: डा. सुन्दरमणी दिक्षित

‘सहकारी प्रकरणमा रवि जिम्मेवार छन्’
  • बिहिवार, आश्विन १० २०८१

  • 782
    SHARES

  • कांग्रेस र एमाले समिकरणको सरकारबाट जनता अलिकति पनि खुशी छैनन्: डा. सुन्दरमणी दिक्षित

    काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितले कांग्रेस र एमाले समिकरणको सरकारबाट जनता अलिकति पनि खुशी नभएको बताउनुभएको छ ।

    वर्तमान सरकार भ्रष्टाचारीहरुलाई उन्मिुक्ती दिनमै लागिपरेको आरोप लगाउँदै उहाँले यो सरकार बनेकै यसकै लागि भएको दाबीसमेत गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दिक्षितले यो सरकार आउनासाथ ठुलाठुला भ्रष्टाचारका फाइलहरु बन्द भएको बताउनुभएको छ ।

    विगतका सरकारले जस्तै कुरामात्रै गरेर जनतालाई भ्रममा पार्ने, काम केहि नगर्ने प्रवृती अहिलेको सरकारले पनि दोहो¥याउनेमा कुनै शंका नरहेको उहाँको भनाइ छ ।

    यस्तै दिक्षितले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको आरोप लगाउनुभएको छ ।

    संसदीय छानविन समितले सार्वजनिक गरेको प्रतिवेदनले देखाएका अनुसार लामिछाने यो प्रकरणमा पूरा जिम्मेवारी देखिएको उहाँको भनाइ छ ।
    मेरो संलग्नता छैन, मैले क्लिन चिट पाइसके भनेर हिड्नु लामिछानेको गैरजिम्मेवारी पन भएको पनि दिक्षितको तर्क रहेको छ ।

    नयाँ पार्टी र केहि गर्छ भन्ने जनताको विश्वास र आसा लामिछानेले तोडेर निराश बनाएको उहाँको भनाइ छ ।


    बिहिवार, आश्विन १० २०८१०८:४७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij