Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

त्रिदेशीय टी–२० शृङ्खलाः ओमानमाथी नेपालको जित

त्रिदेशीय टी–२० शृङ्खलाः ओमानमाथी नेपालको जित

  • सोमवार, आश्विन १४ २०८१

  • 657
    SHARES

  • त्रिदेशीय टी–२० शृङ्खलाः ओमानमाथी नेपालको जित

    काठमाडौं। त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृङ्खलामा ओमानलाई हराएर नेपालले जित हात पारेको छ। क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो।

    नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो। ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए। नेपालका करण केसीले तीन विकेट लिए।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए। ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए।

    यो शृङ्खलाको पहिलो खेलमा अस्ति शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो। नेपालले तेस्रो खेलमा भोलि क्यानडासँग र चौथो खेलमा पर्सि बुधवार फेरि ओमानसँग खेल्नेछ।

     


    सोमवार, आश्विन १४ २०८१०७:०६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij