Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धैर्य बनौँ उद्दार र राहतको काम भइरहेको छ : प्रधानमन्त्री ओली

धैर्य बनौँ उद्दार र राहतको काम भइरहेको छ : प्रधानमन्त्री ओली

  • सोमवार, आश्विन १४ २०८१

  • 573
    SHARES

  • धैर्य बनौँ उद्दार र राहतको काम भइरहेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गर्नुभएको छ ।

    त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन ।’

    ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । उहाँले घाइतेको स्वास्थ्यलाभ कामना गर्नुभएको छ।

    ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गर्नुभएको छ । उहाँले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

    वक्तव्यमा ओलीले १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे चर्चा गरिएको छ ।

    विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिका अनुसार नै स्वदेश फर्कनुभएको हो ।

     


    सोमवार, आश्विन १४ २०८१०५:३०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij