Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने

दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने

  • शुक्रवार, आश्विन १८ २०८१

  • 945
    SHARES

  • दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने

    काठमाडौं । दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने भएको छ ।

    असोज ११ र १२ गतेको बाढी पहिरोबाट बीपी राजमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो । उहाँले सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

    शुक्रबार विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै उहाँले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार प्रयास भइरहेको जानकारी दिनुभयो । दसैँ अघिसम्म उनीहरूको उद्धार सक्ने बताउनुभयो ।

    बैठकमा सांसद निशा डाँगीले डाईभर्सन सडक बनाएर बीपी राजमार्ग सञ्चालन गर्न सकिने भनेर विज्ञले भनेको उल्लेख गर्दै त्यसतर्फ मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभयो ।

     


    शुक्रवार, आश्विन १८ २०८१०२:०२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij