Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डसरकारदेखि बाहिरिनु परेको छट्पटहाटको अवस्थामा छन्ः राजन भट्टराई

प्रचण्डसरकारदेखि बाहिरिनु परेको छट्पटहाटको अवस्थामा छन्ः राजन भट्टराई

  • आइतवार, आश्विन २० २०८१

  • 488
    SHARES

  • प्रचण्डसरकारदेखि बाहिरिनु परेको छट्पटहाटको अवस्थामा छन्ः  राजन भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले प्रचण्डमाथि अहिले सरकारदेखि बाहिरिनु परेको छट्पटहाटको अवस्थामा भएको बताउनुभएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले आफू सरकारमा हुँदा केहि नगर्ने र प्रतिपक्षमा आउनासाथ विभिन्न आरोप लगाउने गरिरहेको आरोप लगाउँदै नेता भट्टराईले यो सबै प्रचण्डको छट्पटीबाहेक अरु नभएको तर्क गर्नुभयो ।

    प्रचण्डले केहिदिन अगाडि मात्रै बाढीपहिरो पीडीतको उद्धार र राहतमा वर्तमान सरकार चुकेको आरोप लगाउनुभएको थियो भने यो सरकार पूर्णरुपमा असफल हुँदै गइरहेको दाबी पनि गर्नुभएको थियो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले गत हप्ताको बाढीपहिरोबाट पीडीतहरुलाई समयमै राहत पु¥याउन र उद्धारमा लागिरहेको बताउनुभएको छ ।

    यस्तै कोहि पनि पीडीत राहत पाउनबाट बन्चित नहुने पनि उहाँको दाबी रहेको छ । वर्तमान सरकारले देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि नेता भट्टराईको दाबी रहेको छ ।


    आइतवार, आश्विन २० २०८१११:२६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij