काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी भएको छ ।
प्रधानमन्त्री ओली बुधबार किमाथाङ्का जाने तयारी भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जान लाग्नुभएको हो ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने जानुभएको छैन ।
कात्तिक २३ गते वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताउनुभएको थियो ।