Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने पक्राउ पर्नुलाई हल्ला र चर्चाको विषय बनाउन आवश्यक छैन: रामनारायण बिडारी

रवि लामिछाने पक्राउ पर्नुलाई हल्ला र चर्चाको विषय बनाउन आवश्यक छैन: रामनारायण बिडारी

  • शनिवार, कार्तिक ३ २०८१

  • 954
    SHARES

  • रवि लामिछाने पक्राउ पर्नुलाई हल्ला र चर्चाको विषय बनाउन आवश्यक छैन: रामनारायण बिडारी

    काठमाडौं । माओवादी केन्द्रका नेता रामनारायण बिडारीले रवि लामिछाने पक्राउ पर्नुलाई हल्ला र चर्चाको विषय बनाउनुपर्ने कुरा नै नभएको बताउनुभएको छ ।

    नेपाली गरिव जनताको अरवौ रुपैँया अपचलन गरेर र मिडिया चलाएर सुरुका दिनदेखि अहिलेसम्म एकलौटी रुपमै विवादीत ब्यक्ति लामिछानेको अनुसन्धानविरुद्धमा लाग्नु भनेको रास्वपा पार्टी नै बदनाम भएको वरिष्ठ अधिवक्ता बिडारीको तर्क रहेको छ ।

    रास्वपाका कार्यकर्ताले जस्को नेतृत्वमा रहेका छौ त्यो सधैं किन र के कारणले विवादमा रह्यो भन्ने कुरा एकपटक बुझ्न आपश्यक रहेको पनि उहाँको सुझाव रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले लामिछानेविरुद्धको अनुसन्धानलाई कमजोर बनाएर जनतालाई झुक्क्याउने आशंका भने व्यक्त गर्नुभएको छ ।

    यस्तै लामिछानेलाई पहिला गृहपदमै रहदा पक्राउ नगरिनु भने राजनीतिक पूर्वाग्राह भएको बताउँनै नेता बिडारीले अहिले भने स्वतन्त्र पक्राउ गरिएको स्पष्ट पार्नुभयो । तर अब पनि मुद्दाको अनुसन्धान कमजोर पार्न सक्छन् भन्ने अशंका देखिएको नेता बिडारीको तर्क छ । लामिछानेले भोटको कारणबाट बागेनिङ गर्ने काम गरिरहेको आरोप समेत लगाउनुभयो ।

    यस्तै, लामिछानेलाई पोखरा लगिएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै हिजो काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगिएको हो ।

    लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।


    शनिवार, कार्तिक ३ २०८१०८:३९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij