Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाका नेता र कार्यकर्ता सडकमा उत्रिनु अराजक प्रवृती हो: वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारी

रास्वपाका नेता र कार्यकर्ता सडकमा उत्रिनु अराजक प्रवृती हो: वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारी

  • आइतवार, कार्तिक ४ २०८१

  • 666
    SHARES

  • रास्वपाका नेता र कार्यकर्ता सडकमा उत्रिनु अराजक प्रवृती हो: वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारी

    काठमाडौं । वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले मुद्दा चलाइएको अथवा छानविनमा रहेको व्यक्तिलाई रिहाइ गरिनुपर्छ, निदोर्ष छ भन्ने कुरा गैरलोकतान्त्रिक र कानुनको शासनको विपरित भएको बताउनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पार्टीका नेता कार्यकर्ताले हिजो दिनभर देशका धेरै ठाउँमा विरोध प्रदर्शन गरेका छन् । यो क्रियाकलाप अराजक प्रवृती भएको अधिवक्ता भण्डारीको टिप्पणी छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता भण्डारीले कुनै पनि राजनीतिक दल त्यसका कार्यकर्ताको भुमिका भनेको कानुनको शासन र लोकतन्त्रलाई संरक्षण गर्ने खालको हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    यस्तै अहिले रास्वपाका नेता र कार्यकर्ताले निष्पक्ष छानविनमा सघाउनुपर्नेको सट्टा सडकमा उत्रिएर लमिछानेको बचाउ गर्ने विभिन्न आरोपमा उत्रिनु भनेको सिंगो पार्टी नै गलत प्रवृतीमा लागेको देखिएको र यसले सिंगो लोकतन्त्रलाई दुषित बनाएको आरोप लगाउनुभयो ।

    यी सबै क्रियाकलापले रास्वपाको राजनीतिक धरातल नै गलत छ भन्ने कुरा देखिने बताउनुभयो ।

    यस्तै लामिछानेले आफूविरुद्ध पक्राउ पछि सामाजिक सन्जालमा, सरकार म¥यो हामीलाई झुठो प¥यो भन्ने शब्द लेख्नु एकदमै अराजक, गैरसंसदीय र कुनै पनि सभ्य व्यक्तिले लेख्नै नमिल्ने शब्द भएको टिप्पणी गर्नुभएको छ ।

    यसबाट लामिछानेको राजनीतिक प्रवृती, क्षमता र स्वभाव देखिएको पनि अधिवक्ता भण्डारीको भनाइ छ ।


    आइतवार, कार्तिक ४ २०८१०८:५६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij