काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले देशमा यतिबेला शुसासन र न्यायको आवश्यक भएको बताउनुभएको छ ।
अहिले मुलुकको मूख्य समस्या र चुनौत्ी दलहरु नभएर गरिवी, वेथिती र बिसंगती भएकाले समानता, न्याय र जनताको हितमा काम गर्नु नै पहिलो आवश्यकता भएको नेता विश्वकर्माको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहससमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले अहिले सरकार जुनसुकै दलको बने पनि सबै दलको साथ सहयोग चाहिने राष्ट्रिय राजनीतिक दलहरु एक ठाउँमा उभिएर देशमा देखिएका समस्याहरु र चुनौतीहरुलाई सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दलसम्बन्धि विद्येयक संसदमा विचाराधिन भएकै अवस्थामा फेरि अध्यादेश ल्याउनु संसदीय अभ्यासमा त्यति उचित नहुने कांग्रेसको धारणा रहेको र यहि धारणा बुझेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने कुनै पनि योजना नभएको स्पष्ट पारेको पनि नेता विश्वकर्माको भनाइ छ । अब अध्यादेश ल्याउनेबारे च्याप्टर नै क्लोज भएको उहाँको स्पष्ट पार्नुभयो ।
यस्तै अर्को प्रसंगमा नेता विश्वकर्माले प्रधानमन्त्रीसँग आफूहरुको कुनै पनि असहमति नभएको बताउनुभएको छ ।
ओलीलाई सफल बनाउनु नै अहिलेको सरकार सफल हुनु भएकाले ओलीका राम्रा कामलाई सहयोग र केहि असफलतातिरका क्रियाकलापलाई सुझाव र सतर्क गराउने उहाँको भनाइ रहेको छ ।
यहि कारण पनि अहिले अध्यादेश ल्याउने कुरा प्राथमिकतामा नराख्दा राम्रो हुने भनेर कांग्रेसले सुझएको नेता विश्वकर्माले स्पष्ट पार्नुभयो ।