Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आज

साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आज

  • आइतवार, कार्तिक ११ २०८१

  • 520
    SHARES

  • साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आज

    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन् ।

    त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन् । खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ ।

    आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ । यो खेल साँझ साँढे ६ बजे शुरु हुनेछ ।

    साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपालको प्रतिद्धन्दी भारतले भने पाँच पटक उपाधि जितिसकेको छ । बंगलादेश एकपटक च्याम्पियन भएको छ ।

    लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गरिरहेको नेपाल भने यसपटक उपाधि घरमै राख्ने अभियानमा रहेको छ ।


    आइतवार, कार्तिक ११ २०८१०८:५३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij