Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज नेपाल र बङ्गलादेशबीचको खेल काठमाडौका तीन ठाँउमा प्रत्यक्ष प्रसारण हुने

आज नेपाल र बङ्गलादेशबीचको खेल काठमाडौका तीन ठाँउमा प्रत्यक्ष प्रसारण हुने

  • बुधवार, कार्तिक १४ २०८१

  • 644
    SHARES

  • आज नेपाल र बङ्गलादेशबीचको खेल काठमाडौका तीन ठाँउमा प्रत्यक्ष प्रसारण हुने

    काठमाडौं। आज हुने साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

    महानगरपालिकाले फाइनल खेलको प्रत्यक्ष प्रसारण टुँडिखेल, चावहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ) बाट प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएको छ।

    यो खेल हेर्न धेरैलाई चाहना भएको तर खेलमैदानमै पुगेर हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन भएकाले खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि तीन ठाउँमा व्यवस्था मिलाएको महानगरले जनाएको छ।

    फाइनल खेल हेर्नका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिहानदेखि काठमाण्डौको भद्रकाली र ललितपुरको जावलाखेलबाट टिकट बिक्री गरेको थियो। तर टिकट सकिएको भन्दै लाइनमा बसेकाहरूले नाराबाजी गरेका थिए।

    नेपाल र बङ्गलादेशबीचको फाइनल खेल आज बेलुकी साढे ६बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ।


    बुधवार, कार्तिक १४ २०८१०२:१२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij