काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताउनुभएको छ । नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिनुभएको हो ।
‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन’, सभापति देउवाले भन्नुभयो, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु ।’
सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको आफूले पाएको पनि बताउनुभयो ।
गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको समेत बताउनुभयो ।