काठमाडौं। आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने भएको छ। युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी प्रतियोगीतामा नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डसँग दिउँसो ३ः१५ बजे खेल्नेछ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
दोश्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो भने शनिबार खेलेको तेस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो। प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।