Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने (तालिकासहित)

  • सोमवार, मंसिर ३ २०८१

  • 1.1K
    SHARES

  • एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने (तालिकासहित)
    काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड्स भिड्ने भएका छन्।
     
    नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार(आज) सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोलीले मंसिर १५ गते खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछन्। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे हुनेछ। 
     
    मंसिर १६ गते उपनिर्वाचन भएको कारण कुनै खेल हुनेछैनन्। तर, त्यसको भोलि पल्टदेखि भने दिनमा दुई खेल हुनेछ। पहिलो खेलमा बिहान ९ः१५ बजे हुनेछ। दोस्रो खेल दिउँसो १ः१५ मा हुनेछ। मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्ने छन्। दोस्रो खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्नेछ।
     
    लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ। लिगको शीर्ष दुईमा रहने टोलीले सिधै क्वालिफायर खेल्ने छ। तेस्रो र चौथो स्थानका टोलीले भने एलिमिनेटर खेल्ने छ। यो खेल बिहान ९ः१५ मा हुनेछ। क्वालिफायरको खेल भने दिउँसो १ः१५ बजे हुनेछ। दुवै खेल पुस ३ गते हुनेछ। क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ।
     
    यो खेल भने पुस ४ गते दिउँसो १२ः१५ मा हुनेछ। यी दुईबीचको विजेताले क्वालिफायर १ को विजेतासँग पुस ६ गते खेल्ने फाइनल खेल्ने छ। फाइनल खेल दिउँसो १२ः१५ मा हुनेछ। 
    npl1-819x1024.jpgnpl-2-819x1024.jpg


    सोमवार, मंसिर ३ २०८१०७:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij