काठमाडौं। नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिममाथी भारतको कर्नाटकाको यू–१९ टिमले जित हात पारेको छ। मूलपानी क्रिकेट मैदानमा आज कर्नाटकाले नेपाललाई ५ विकेटले पराजित गर्दै सिरिज २–२ को बराबरी गरेको हो।
नेपालले दिएको १०६ रनको लक्ष्य पछाएको कर्नाटकाले ३७ ओभरमा ५ विकेट गमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि नेपालले पहिला ब्याटिङ गर्दै ३५.२ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो।
यस सिरिजमा पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो। योसँगै ५ खेलको सिरिजमा नेपाल २–२ ले बराबरी भएको । अब सिरिजको पाँचौँ तथा अन्तिम खेल बिहीबार हुने छ।
नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू–१९ एशिया कपको तयारीको रुपमा यो सिरिज खेलिरहेको छ।