Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालले जित्यो कर्नाटकाविरुद्धको यू–१९ अभ्यास सिरिज

नेपालले जित्यो कर्नाटकाविरुद्धको यू–१९ अभ्यास सिरिज

  • बिहिवार, मंसिर ६ २०८१

  • 779
    SHARES

  • नेपालले जित्यो कर्नाटकाविरुद्धको यू–१९ अभ्यास सिरिज

    काठमाडौं। नेपाली यू–१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू–१९ टिमविरुद्धको अभ्यास हात पारेको छ। आज टीयू क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले कर्नाटकालाई ७ विकेटले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो।

    कर्नाटकाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यस सिरिजमा पहिलो र चौथो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो ।

    अब नेपाली यू–१९ नेपाली टिमले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू–१९ एशिया कप खेल्दै छ। एशिया कपमा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् ।

    हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।

     


    बिहिवार, मंसिर ६ २०८१०५:२७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij